एजेन्सी । इन्डोनेसियामा आएको सुनामीमा परेर कम्तिमा ४३ जनाको ज्यान गएको छ । इन्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा आएको सुनामी कारण ५ सय ८४ भन्दा बढी घाइते भएका छन् । केही वेपत्ता छन् ।
हराइरहेका तथा घाइतेको संख्या धेरै भएकाले मृत्युको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार सुनामीले सबैभन्दा धेरै पांडेलाङ, दक्षिण लाम्पुङ र सेराङ क्षेत्रमा क्षति पुर्याएको छ । विपद् व्यवस्थापन प्रमुखले सार्वजनिक गरेका तस्वीरहरुमा शहर पानीमा डुबेको देखिन्छ ।
क्राकाटोआ नामक ज्वालामुखी विस्फोटपछि समुद्रमुनि गएको पहिरोले सुनामी आएको हुनसक्ने अनुमान गरिएको छ । गत सेप्टेम्बरमा मात्रै भूकम्पपछि आएको सुनामीमा परी २ हजारको ज्यान गएको थियो ।





























प्रतिक्रिया