केआईआईटीको विकसित परिस्थितिलाई नियालिरहेका छौं, दुई वरिष्ठ अधिकारी पुगिसके -परराष्ट्रमन्त्री राणा

केआईआईटीको विकसित परिस्थितिलाई नियालिरहेका छौं, दुई वरिष्ठ अधिकारी पुगिसके -परराष्ट्रमन्त्री राणा

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा निरन्तर रुपमा फलो अप गरिरहेको बताएकी छन् ।

परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमार्फत सो विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि विकसित परिस्थितिलाई निरन्तर रुपमा फलो अप गरिरहेका बताएकी हुन् । नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना बरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुगेको पनि उनले जानकारी दिएकी छन् ।

‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुइजना बरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ । मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु ।’ उनले भनेकी छन् ।

साथै परराष्ट्रमन्त्री राणाले हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको र नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराएको स्मरण गराएकी छन् ।

Logo