काठमाडौं । एसआई ग्लोबल एजुकेशन कन्सल्टेन्सीले ‘मल्टि डेस्टिनेशन एजुकेशन फेयर २०२५’ फेब्रुअरी २१ देखि सुरु गर्ने भएको छ ।
विद्यार्थी र अभिभावकहरुलाई शैक्षिक कार्यक्रम, छात्रवृत्ति, र करियर मार्गको बारेमा सूचित गर्ने उदेश्यले एसआई ग्लोबलले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । यस मेलामा संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्डका लगायतका ६० भन्दा बढी विश्वविद्यालयको सहभागिता रहने छ ।

विद्यार्थीहरु यस मेलामा सहभागि भई उल्लेखित विश्वविद्यामा अध्ययन हुने विभिन्न कार्यक्रमहरु, छात्रवृत्ति र करियरको अवसरको बारेमा अन्वेषण गर्न पाउनेछन् । एसआई युके/एसआई ग्लोबलका कन्ट्री म्यानेजर नन्दन सिंहले मल्टी डेस्टिनेशन एजुकेशन फेयर २०२५ ले विद्यार्थी र शैक्षिक संस्थाहरुका लागि एक महत्वपूर्ण अवसर भएको बताएका छन् ।

फेब्रुअरी २१ बाट सुरु हुने एजुकेशन फेयर फेब्रुअरी २३ सम्म अर्थात् ३ दिन देशका विभिन्न एसआई ग्लोबलको प्राङ्गणमा सञ्चालन हुनेछ । उक्त मेला फेब्रुअरी २१ मा काठमाडौंको एसआई युके/एसआई ग्लोबलको परिसरमा सञ्चालन हुनेछ । साथै फेब्रुअरी २२ मा पोखराको कार्यालय परिसरमा र फेब्रुअरी २३ मा बुटवल कार्यालयको परिसरमा सञ्चालन हुनेछ ।































प्रतिक्रिया