एजेन्सी । चीनको लाङफाङ शहरमा क्रिसमस सामग्री बेच्न प्रतिबन्ध लगाईएको छ । डिसेम्बर २५ मा मनाइने क्रिसमस डे को लागि आवश्यक पर्ने सामाग्री बेच्न प्रतिबन्ध लगाईएको हो । हुबेई प्रान्तको लाङफाङ शहरका अधिकारीहरूले पसलबाट त्यस्ता सबै सामान हटाउन निर्देशन दिएका छन् ।
स्थायीत्व कायम राख्न यस्तो गर्नुपरेको उनीहरूको तर्क छ। लाङफाङको व्यवस्थापनले प्रचार गरेका विज्ञप्तिमा कोही पार्क वा खुला ठाउँमा धर्मको प्रचार गरिरहेको भेटिए प्रहरीलाई खबर गर्न भनिएको छ। तर कुन धर्म भन्ने किटान गरिएको छैन। अधिकारीहरूले प्रतिबन्धित सामान बेचेको भेटिए सजाय भोग्नुपर्ने पनि चेतावनी दिएका छन्।
चीनमा क्रिसमस डेका दिन सार्वजनिक छुट्टी हुँदैन। चिनियाँ कम्युनिष्ट पार्टी आधिकारिक रूपमै भगवानलाई नमान्ने भएकाले कोही पार्टी सदस्यले सार्वजनिक रूपमा क्रिसमस मनाए कारवाही हुँदैं आएको छ ।





























प्रतिक्रिया