पराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

पराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र संयुक्त राज्य अमेरिकाका समकक्षी माइक पोम्पिओबीच भेटवार्ता भएको छ।

भेटवार्तामा खुला, स्वतन्त्र र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रमा नेपालको भूमिकाको विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयका सह प्रवक्ता रोवर्ट पालाडिनोले जानकारी दिए । भेटवार्ताका क्रममा उत्तर कोरियासहितका विभिन्न विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूका विषयमा पनि छलफल भएको छ ।

भेटवार्तामा अमेरिकी विदेश मन्त्री पोम्पिओले नेपाल र अमेरिकाको साझेदारी तथा जनस्तरको नजिकको सम्बन्धका बारेमा चर्चा गरेका थिए। भेटवार्तामा मिलिनियम च्यालेन्ज कोअप्रेसन अन्तर्गत नेपाललाई दिएको पचास लाख अमेरिकी डलर बराबरको सहयोगको विषयमा समेत छलफल भएको थियो।

भेटवार्तामा अमेरिकी विदेश मन्त्री पोम्पिओले भेटलाई ऐतिहासिक भेटको संज्ञा दिँदै भेटवार्ताले दुई देशबीचको साझेदारीमा अमेरिकाको प्रतिबद्धतालाई झल्काएको बताएका थिए।

उनले दुई देशबीच आगामी दिनमा थप उच्चस्तरको साझेदारीको विकास हुने बताएका थिए। भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले नेपालको प्राथमिकताको विषयमा चर्चा गरेका थिए। त्यस्तै दुई देशबीचको राजनीतिक सम्बन्धका साथै व्यापार, लगानी र विकास सहयोगका विषयमा छलफल भएको अमेरिका स्थित नेपाली दूतावासले जनाएको छ।

यस्तै नेपाल र अमेरिकाबीच द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रको बैठक समेत बसेको छ। बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले नेतृत्व गरेका थिए।

Logo