चलचित्र ‘दयारानी’ को पोष्टर र प्रदर्शन मिति सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरि उक्त पोष्टर सार्वजनिक गरिएको हो ।
यस चलचित्रमा दयाहाङ राई, दीया पुन र विजय बरालको मुख्य भूमिका रहेको छ । सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । दयारानीमा शैलेन्द्र कार्कीको छायांकन रहेको छ । यो चलचित्र आगामी जेठ १० गते देखि देशभर प्रर्दशन हुँदैछ ।





























प्रतिक्रिया