काठमाडौं । म्यानचेष्टर युनाइटेडले आफ्ना ब्यवस्थापक जोसे मोरिन्होलाई बर्खास्त गरेको छ । क्लबले साढे दुई वर्षदेखि म्यानेजर रहेका मोरिन्होलाई मंगलबार बर्खास्त गरेको हो । आफ्नो साढे दुई वर्षे कार्यकालमा मोरिन्होले म्यानचेष्टर युनाइटेडसँग एउटा लिग कप र एउटा युरोपा लिगको उपाधी जितेका थिए ।
इंलिस प्रिमियर लिगमा पछिल्लो केही वर्षदेखि खराब प्रर्दशन गर्दै आइरहेको क्लबले मोरिन्होलाई उपाधी जित्ने अभियानका साथ क्लबको ब्यवस्थापन जिम्मा दिएको थियो । तर उनी पनि सफल हुन नसकेपछि युनाइटेडले आफ्ना म्यानेजरसंगको सम्बन्ध तोडेको हो ।
म्यानचेष्टर युनाइटेड जारी प्रिमियर लिगको सिजनमा छैठौं स्थानमा छ । सिजनमा १७ खेल सकिंदा युनाइटेडको २६ अंक छ । क्लबको यो सन् १९९० पछिकै सबैभन्दा खराब प्रदर्शन हो । उसलाइ यो सिजन च्याम्पियन्स लिगको छनौटका लागि चाहिने चौथो स्थान भित्र पर्न पनि गाह्रो देखिएको छ ।
क्लबले एक विज्ञप्ति जारी गर्दै यो सिजनभरि अस्थाइ ब्यवस्थापक राख्ने र नयां सिजनको शुरुवातसंगै नयां म्यानेजर खोज्ने बताएको छ । म्यानचेष्टर युनाइटेडले सन् २०१२ यता इंलिस प्रिमियर लिगको उपाधी जित्न सकेको छैन ।





























प्रतिक्रिया