राजस्व अनुसन्धान विभागले रसुवा भन्सारका तत्कालीन भन्सार अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले करिब ७५ करोड रुपैयाँ मागदाबी गर्दै सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएकाहरुमा तत्कालीन भन्सार अधिकृत पवित्रकुमार खड्का र नायव सुब्बा धिरजकुमार थापा रहेका छन् । त्यस्तै, मितेरी इन्टरनेसनलका प्रोपाइटर सुमन श्रेष्ठ र सामान धनी रञ्जन त्रिपाठी रहेका छन् । उनीहरूविरुद्ध जरिवानासहित जनही १५ करोड रुपैयाँ बिगो र ३ वर्ष कैद मागदाबी गरिएको छ।
मतियारका रुपमा मुद्दा दायर गरिएकामा लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ र गाडी चालक डम्बरबहादुर श्रेष्ठ छन्। उनीहरू दुवैविरुद्ध जनही ७ करोड ५९ लाख रुपैयाँ बिगो र डेढ वर्ष कैद मागदाबी गरिएको छ।
गत साउन १८ गते रसुवाबाट पास भएको एक ट्रक सामान विभागले नियन्त्रणमा लिएको थियो ।





























प्रतिक्रिया