काठमाडौं उपत्यकामा आज ५४८ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा आज ५४८ जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ५४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ८७ हजार २७८ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ८९० जना कोरोना संक्रमित छन् । ललितपुरमा १३ हजार १४९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ८ हजार ३१७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ जना पुगेको छ । आज १ हजार २५५ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४७९ पुगेको छ । आज मात्र २५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ । आज निको हुनेको संख्या १ हजार ४०४ रहेको छ ।

आजको पिसिआर परीक्षण ८ हजार ८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख २७ हजार ८३६ रहेको छ । आज १७ हजार ९०९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo