सरकारले अटो क्षेत्रलाई फराकिलो बनाएर सोच्न आवश्यक छ -अध्यक्ष ढकाल

सरकारले अटो क्षेत्रलाई फराकिलो बनाएर सोच्न आवश्यक छ -अध्यक्ष ढकाल

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले अटो क्षेत्रलाई फराकिलो बनाएर सोच्न आवश्यक रहेको बताएका छन् ।

मेरो अटोले बुधबार आयोजना गरेको ‘अटोमोटिभ कनक्लेभ २०८१’ मा बोल्दै अध्यक्ष ढकालले अटोमोबाइल क्षेत्रलाई सरकारले प्रथमिकता नदिएको प्रसंगमा यस्तो बताएका हुन् । अटो क्षेत्रको सहजीकरणले अर्थतन्त्र पनि चलायमान हुने उनको भनाई छ ।

‘गाडीलाई लक्जरी मान्नु गलत हो । यो अहिलेको जरुरी साधन भनेर बुझ्नुपर्यो । अटो क्षेत्रको बुझाइलाई फराकिलो बनाएर सोच्नुपर्यो ।’ उनले भने, ‘अटो क्षेत्रको सहजीकरणले अर्थतन्त्र पनि चलायमान हुन्छ ।’

यस क्षेत्रमा गर्नुपर्ने सहजीकरणको लागि निजी क्षेको तर्फबाट एफनसीसीआईले पहल गरिरहेको पनि उनकाे भनाइ छ ।

Skip This
Skip This
Logo