प्रधानमन्त्रीले धर्म फेरेको भन्दै प्रहरीमा परेको उजुरी अस्वीकृत

प्रधानमन्त्रीले धर्म फेरेको भन्दै प्रहरीमा परेको उजुरी अस्वीकृत

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

धर्म परिवर्तन गरेको आरोप लगाउँदै एकजना अधिवक्ताले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । प्रधानमन्त्रीविरुद्ध उजुरी लिएर पुगेका अधिवक्ता भूपेन्द्र पोखरेललाई महानगरीय प्रहरी परिसर टेकुले आरोप पुष्टि नहुने भन्दै फर्काइदिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले धर्म परिवर्तन गरेको भन्दै हेटौंडा उपमहानगरपालिका–७ घर भइ काठमाडौंको हनुमानस्थान बस्दै आएका अधिवक्ता पोखरेल उजुरी लिएर पुगेका थिए ।

प्रम ओली र क्रिश्चियन धर्म प्रचारमा सक्रिय युनिभर्सल पिस फेडेरेशनका नेपाल प्रमुख एकनाथ ढकालविरुद्ध लगाइएको आरोप उजुरीबाट प्रमाणित नहुने बताएपछि अधिवक्ता पोखरेल फर्किएको परिसर प्रमुख एसएसपी वसन्त लामाले बताए ।

‘अधिवक्ता पोखरेलले ल्याएको उजुरी अध्ययन गरेपछि प्रममाथि लगाइएको आरोप यतिले पुष्टि नहुने मैले बताएको थिएँ’, लामाले भने, ‘उजुरीलाई मुद्दा शाखामा छाडेर जानु भनेँ, तर उनले लिएरै गएछन्, दर्ता गर्न अस्वीकार गरेको गलत हो ।’ ओली र ढकालविरुद्धको उजुरीमा पोखरेलले ‘धर्म परिवर्तनको उद्योग’ सम्बन्धी अपराधमा सजाय माग गरेका थिए ।
अन्नपूर्णबाट

Logo