काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उड्नै लागेको एउटा विमानबाट हाइड्रोलिक लिक भएपछि उडान रद्द भएको छ ।
सप्तरीको राजविराजका लागि उड्न लागेको श्री एयरलाइन्सको विमानबाट हाइड्रोलिक लिक भएको हो। दिउँसो १:३० बजे उड्नुपर्ने उडान नम्बर ५५५ को विमान ढिलागरी सवा २ बजे उड्ने तयारीमा थियो ।
विमानमा यात्रुहरू चढिसकेपछि उड्नै लाग्दा विमानमा रातो बत्ती बलेपछि पाइलटले इञ्जिनियरलाई खबर गरेका थिए । परीक्षणका क्रममा हाइड्रोलिक लिक भएको पत्ता लागेको थियो ।
सो विमानमार्फत कांग्रेस नेता प्रकाशमान सिंहसमेत राजविराज जान लागेका थिए ।





























प्रतिक्रिया