घर अगाडि मोटर आउँदा, सपना जस्तै लाग्यो

घर अगाडि मोटर आउँदा, सपना जस्तै लाग्यो

केन्द्रबिन्दु
0
Shares

दाङ

‘घर अगाडि जीप आएको सपना जस्तो लागेको छ ।’ तुलसीपुर उपमहागनरपालिका–३ सातबास निवासी ७६ वर्षीया कर्मी रोकाले भनिन् ‘यो ठाउँमा कहिले यस्ता गाडीमोटर आउलान् र ? भन्ने लाग्थ्यो । बाँचेपछि देख्न पाइदो रहेछ ।’

तुलसीपुसर उपमहागनरपालिकाको ३० लाख र १२ लाख १४ हजार जनश्रमदान सहित ४२ लाख १४ हजारमा पैयाँखोरिया देखि सातबास सम्मको करिब ३ किलोमिटर सडक निर्माण भएपछि रोकामा आएको खुशीको छाल थियो यो । मोटरबाटो नहुँदा कतिपय चेलीले समयमै उपाचर नपाउँदा ज्यान गुमाउनु परेको पिडा सुनाउदै स्थानीय भुपेन्द्र घर्तीले अब ती, दुःखका दिनको अन्त्य हुने बताए ।

‘बिरामी र सुत्केरी व्यथाले च्यापेका महिलाहरुलाई डोकोमा बोकेर उपचारका लागि बजारसम्म पु¥याउनु निकै कठिनाई थियो अब त गाउँमै एम्बुलेन्स आउने भयो धेरै सजिलो हुने भयो,’ घर्तीले भने । मोटरबाटो पुगेपछि त्यहाँका स्थानीयलाई अब गाउँमा उत्पादन भएका कृषिजन्य बस्तु बजारसम्म र बजारबाट उपभोग्य बस्तुहरु गाउँसम्म लैजान सहज हुने भएको छ ।

सडक निर्माण भएपछि बन्दागोभी, काउली, अदुवा, टमाटर लगायतका तरकारी तथा बेमौमसी फलफुलहरु सहजै बजारमा लगेर किसानले आर्थिक लाभ लिने वडाध्यक्ष बिजय विकले बताए । सडक निर्माण भएपछि राम्रीको तल्लो भेग, पाखापानी, कल्ले, बल्ले सितधारा, लामीदमारका करिब दुई सय घरधुरी प्रत्यक्ष लाभान्वीत भएको अध्यक्ष विकले बताए ।
राजधानीबाट

Logo