दैलेख जीप दुर्घटनामा मृतकको संख्या ४ पुग्यो

दैलेख जीप दुर्घटनामा मृतकको संख्या ४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

दैलेखमा बुधबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ।

मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, सोही गाउँपालिका ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही र चालक रमेश शाही रहेको दैलेख प्रहरीले जनाएको छ । घाइते ४ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकातर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधबार बिहान ठाँटिकाँध गाउँपालिका- ३ को धामीगाउँ नजिक दुर्घटनामा परेको थियो ।

जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो ।

Logo