नेपालको एड्भेन्भर रियालिटी सो ‘हिमालय रोडिज सिजन टु’ को उपाधी आयुष श्रेष्ठले जितेका छन् । काठमाडांैको हात्तिवन सामुदायिक जंगलमा अन्तिम प्रतिश्पर्धा गराइएको थियो । "/>

आयुष श्रेष्ठले जिते ‘हिमालय रोडिज सिजन टु’ को उपाधि

आयुष श्रेष्ठले जिते ‘हिमालय रोडिज सिजन टु’ को उपाधि

केन्द्रबिन्दु
0
Shares

नेपालको एड्भेन्भर रियालिटी सो ‘हिमालय रोडिज सिजन टु’ को उपाधी आयुष श्रेष्ठले जितेका छन् । काठमाडांैको हात्तिवन सामुदायिक जंगलमा अन्तिम प्रतिश्पर्धा गराइएको थियो । जसमा आयुष श्रेष्ठ, पिरबीर घले र तेजश बस्नेतले फाइनलिस्टको रुपमा प्रतिस्पर्धा गरेका थिए ।

हिमालय टेलिभिजन मार्फत प्रशारण हुने यो एड्भेन्चर रीयालिटी शोमा श्रेष्ठले बुटवल अडिसनबाट उक्त प्रतिश्पर्धामा सहभगिता जनाएका थिए । बिजेताको उपाधी सँगै आयुषले दश लाख नब्बे हजार रुपैँया नगद र यामाहा एफ.जेड.२५० सिसीको बाइक पुरस्कार स्वरुप प्राप्त गरेका छन् । हिमालय रोडिजमा प्रतिश्पर्धिहरुको शारिरीक मानसिक र बौद्दिक क्षमता मात्र नभएर उनिहरुको सामाजिक व्यावहरको पनि मुल्यांकन हुन्छ । यो रियालिटी सो को निर्देशन अमनप्रताप अधिकारीले गरेका हुन् । हिमालय रोडिजमा प्रतिस्पर्धीको खोजीको क्रममा नेपालका पाँच ओटा प्रमुख शहरहरुमा अडिसन गरिएको थियो । अडिसनमा मेन्टरहरुको मन जित्न सफल प्रतिस्पर्धीलाई पर्सनल इन्टरभ्यु राउन्डमा प्रवेश गराइएको थियो ।

गत वर्षको सिजन जस्तै यसपाली पनि निर्णायक टिममा रेमन दाश श्रेष्ठ, दिया मास्के र आशिष राना (लाउरे) रहेका थिए भने गत सिजनका विजेता समन श्रेष्ठ र अनिमेश शाही प्रश्तोताको रुपमा उपस्थित थिए ।

Logo