रुकुम
कर्णाली प्रदेशकै प्रसिद्ध डिग्रेशाई कुमारी मन्दीरमा १२ सय बोकाको बली दिइएको मन्दीर व्यवस्थापन समितीले जनाएको छ । हरिबोधनी एकादशी देखी पुर्णिमा सम्म बिशेष पुजापाठ गरिने कर्णाली प्रदेशकै प्रसिद्ध डिग्रेशाई कुमारी भगवती मन्दीरमा पुर्णिमा मेला सम्पन्न भएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको डिग्रे थर्पुमा अबस्थित मन्दिरमा छिमेकी जिल्ला रुकुम पुर्व, सल्यान तथा दांङ ,सुर्खेत जाजरकोट, म्याग्दी, बाग्लुङ , रोल्पा, डोल्पा समेतबाट पुजाआराधना तथा मेलामा प्रसादीको रुपमा टिका लगाउन आउने गर्दछन् ।
खेतीपातीको काम सकिएकोले पनि दर्शन गर्नेको भिड यस बर्ष झनै बृद्धि भएको मन्दिर व्यवस्थापन समितीले जनाएको छ । ६ सय बर्ष पहिलेबाट यहाँ पुजापाठ गर्न सुरु गरिएको भएपनि २०३६ सालबाट विशेष गरेर ठुलो संख्यामा श्रद्धालुहरु आउने गरेका छन् ।
मनले चिताएको पाउने विश्वासका साथै यहाँ पुजापाठ गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मनले चाहेको पुरा हुने बिश्वासका साथ आफुहरु यो मन्दीर पुगेको रुकुम बाहिरका जिल्लाबाट आएका दर्शनार्थीको भनाई छ । मन्दिरमा यसवर्ष एकहजार दुईसय ५५ बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितिका सदस्य केदार शर्माले जानकारी दिनुभयो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया