काठमाडौं । काठमाडौं शहर आज वायु प्रदूषण मापनमा विश्वकै दोस्रो स्थानमा झरेको छ । यसअघि लगातार पहिलो स्थानमा रहेको काठमाडौं आज भने दोस्रो स्थानमा झरेको हो ।
‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज बिहान काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २४९ छ। प्रदूषणमा पहिलो स्थानमा रहेको भारतको राजधानी दिल्लीको वायु प्रदूषण एक्यूआई आज ३५३ छ।
काठमाडौंको वायु मानव स्वास्थ्यको लागि हानिकारक मानिन्छ । मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआई सम्मलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।





























प्रतिक्रिया