बुधबार हत्या गरिएका सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ का फिदा हुसेनको आफन्त र स्थानीयले आज पनि प्रदर्शन गरिरहेका छन्। "/>

तनावग्रस्त दुहबी: शवसहित प्रदर्शन, गृहमन्त्रीको राजिनामा माग

तनावग्रस्त दुहबी: शवसहित प्रदर्शन, गृहमन्त्रीको राजिनामा माग

केन्द्रबिन्दु
0
Shares

बुधबार हत्या गरिएका सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ का फिदा हुसेनको आफन्त र स्थानीयले आज पनि प्रदर्शन गरिरहेका छन्।

मुस्लिम समुदायमाथि पटक पटक आक्रमण हुँदा पनि सरकार गम्भीर नबनेको भन्दै उनीहरुले सुनसरीको दुहबी, इनरुवा तथा लौकहीमा आन्दोलन चर्काएका छन् । आन्दोलनमा बिशेषता मुस्लीम अगुवाहरूले नेतृत्व गरिरहेका छन्। दुई महिनाअघि हरिनगरा भुटाहाका खुर्सिद अन्सारीको भएको थियो।  

मृतक हुसैनको शव सडकमै राखेर बिहानैदेखि प्रर्दशन गरिरहेका उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत मागेका छन्। उनीहरुले कोशी राजमार्गमा पाल टागेर धर्ना दिएका छन्। उनीहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत दिनुपर्ने, मृतक हुसेन विद्युत प्राधिकरणका जागिरे भएकाले उनको ठाउँमा छोरालाई जागिर दिनुपर्ने लगायतका माग समेत गरेका छन् ।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र फुयाँलले प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेसहित दुई जनाको टोलीले हुसेनको हत्याको अनुसन्धान गरिरहेको बताए । प्रहरीले बुधबार नै  घटनामा शंकास्पद सात जनालाई नियन्त्रण लिएको थियो।  तर उनीहरुलाई सार्वजनिक भने गरिएको छैन । 

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले मृतकका आफन्तसँग छलफल गरि बन्द खुलाउने र शव उठाउने पहल भैरहेको जानकारी दिए । आन्दोलनका कारण पूर्व पश्चिम चल्ने सवारीसाधन ठप्प भएको  जानकारी दिए । बन्दका कारण विराटनगरबाट पश्चिम छुट्ने सबै सवारीसाधनहरू विराटनगरमै रोकिएका छन्। 

दुहबी–९ मा सञ्चालित जय बाबा ईँटा उद्योगका सुपरभाइजर समेत रहेका हुसेनको बुधवार बिहान ‘मर्निङ वाक’मा निस्किए बेलामा गोली हानी हत्या गरिएको थियो । उनलाई मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानेका थिए ।

Logo