सप्तरी
सोह्र वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई साढे तीन वर्षपछि सोमबार पक्राउ गरेको छ ।
प्रहरीले राजविराज नगरपालिका–४ का २८ वर्षीय शम्भु साह र राजविराज–८ का २९ वर्षीय नवीन दत्तलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । उहाँका अनुसार उच्च अदालत जनकपुर राजविराज इजलासले ०७५ साल कात्तिक १५ गते कारागारमा थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश दिए बमोजिम आरोपितलाई पक्राउ गरिएको हो ।
राजविराज–८ स्थित भुपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमरकुमार यादवको कोठामा ०७१ साल चैत १३ गते सामूहिक बलात्कार गरेको आरोपमा आरोपितसहित सात जना विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७१ साल चैत १३ गते दिएको उजुरी ०७१ साल चैत २४ गते दर्ता भएको थियो ।
रासस





























प्रतिक्रिया