हेटौंडा

तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्त सारिए नाकाबन्दी गर्ने चेतावनी मकवानपुरमा क्रियाशील राजनीतिक दल सम्बद्ध युवा संगठनले दिएका छन् । "/>

हेटौँडाबाट राजधानी सारिए नाकाबन्दी गर्ने चेतावनी : प्रदेश नम्बर ३

हेटौँडाबाट राजधानी सारिए नाकाबन्दी गर्ने चेतावनी : प्रदेश नम्बर ३

केन्द्रबिन्दु
0
Shares

हेटौंडा

तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्त सारिए नाकाबन्दी गर्ने चेतावनी मकवानपुरमा क्रियाशील राजनीतिक दल सम्बद्ध युवा संगठनले दिएका छन् । सोमबार मिडिया नेपाल मकवानपुरले हेटौंडामा गरेको कार्यक्रममा युवा संगठनका प्रमुखहरुले राजधानी हेटौंडाबाट अन्यत्र सारिए देशले ठुलो दुर्घटना खेप्नुपर्ने चेतावनी दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईँले स्थायी राजधानीबारे खुल्ला बहस गर्न तयार रहेको बताए । ‘यदि हेटौंडाको भन्दा राम्रो पूर्वाधार भएको ठाउँ छ भने हामी खुल्ला छलफलका लागि तयार छौं’, उनले भने, ‘तर दुई चार नेताको स्वार्थका लागि राज्यले करोडौं रुपैयाँ खर्च गरिसकेको ठाउँ छाडेर अर्बौ खर्च गराउने कुरा मान्य छैन ।’

हेटौंडालाई चारैतिरबाट राष्ट्रिय राजमार्गले घेरेको र सबैभन्दा टाढा रहेको जिल्ला रसुवासँग पनि सीधा बस सञ्चालनको तयारी प्रदेश सरकारले गरेकाले अपायक परेको गुनासो बहाना मात्र भएको चौँलागार्इँको दाबी छ । नेपाली काँग्रेसनिकट तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सारिए नाकाबन्दी गर्ने चेतावनी दिए ।

‘हाम्रो माऊ पार्टी नेपाली कांग्रेस, हाम्रा युवाहरु र मकवानपुरमा क्रियाशील राजनीतिक दलहरु पनि यसका लागि तयार छन्’, उनले भने, ‘यदि हेटौंडाबाट राजधानी चलाइए देशको राजनीतिले अर्कौ मोड लिनसक्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका हेटौंडा नगर अध्यक्ष भृगु कार्कीले राजधानीको विषयमा बहस आवश्यक नरहेको बताए । ‘राजधानी चलाउनु भनेको देशमा अस्थिरता निम्त्याउनु हो’, उनले भने, ‘यहाँ राजधानी चलायो भने काठमाण्डौंले मात्र होइन, अन्य प्रदेशका जनताले पनि दुःख पाउँछन् ।’

राजधानीको टुङ्गो लाग्न नसक्दा डेढ महिनादेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । मकवानपुर सहित पाँच जिल्ला राजधानीका लागि उपयुक्त हुने प्रतिवेदन स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले दिए पनि सत्तारुढ दल नेकपाका नेताबीच एकमत नहुँदा अन्यौल यथावत छ । यद्यपि नेकपाबाट निर्वाचित मुख्यमन्त्री डोरमणि पौडेलले दुई साताभित्र राजधानीको विषय टुुङ्गो लाग्ने दाबी गरेका छन् । उनले राजधानी हेटौँडामै रहने धारणा पनि राख्दै आएका छन् ।
अन्नपूर्णबाट

Logo