हारका बाबजुत बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

हारका बाबजुत बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग ३(१ ले पराजित भए पनि बार्सिलोना समग्रमा ५-३ को जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा बार्सिलोनाले ४-० को फराकिलो जित दर्ता गरेको थियो, जुन उसको लागि फाइदानजनक रह्यो । गएराति घरेलु मैदानमा डर्टमण्डका सेरहो गुइरासीले बार्सिलोनाविरुद्ध ह्याट्रिक गरे । डर्टमण्डकै रामी बेन्सेबेनीले गरेको आत्मघाती गोल बार्सिलोनाले उपहार पाएको थियो ।

Logo