पीएसजी पनि सेमिफाइनलमा

पीएसजी पनि सेमिफाइनलमा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब एस्टन भिल्लासँग ३-२ गोलअन्तरले हारेपनि समग्रमा ५-४ को जित दर्ता गर्दै पीएसजी सेमिफाइनलमा प्रवेश गरेको हो । यसघि पहिलो लेगमा पीएसजीले ३-१ को जित दर्ता गरेको थियो ।

गएराति घरेलु टिम एस्टन भिल्लाका योरी टेलेमान्स, जोन म्याकगिन र एज्री कोन्साले गोल गरेका थिए । पाहुना टिमका अकरफ हाकिमी र नुनो मेन्डिसले पहिलो हाफमै गोल गरेका थिए ।

पीएसजीले अब सेमिफाइनलमा रियल मड्रिड र आर्सनलबीचको विजेतासँग खेल्नेछ । जुन खेल आज राति हुँदैछ ।

Logo