एउटा परीक्षाको पुरै देश बन्द हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर यो सत्य हो । एउटा परीक्षाका लागि दक्षिण कोरियामा हरेक गतिविधिमा रोक लगाईएको छ । "/>

लगातार ८ घण्टा परीक्षा, पुरै देश बन्द !

लगातार ८ घण्टा परीक्षा, पुरै देश बन्द !

केन्द्रबिन्दु
0
Shares

एउटा परीक्षाको पुरै देश बन्द हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर यो सत्य हो । एउटा परीक्षाका लागि दक्षिण कोरियामा हरेक गतिविधिमा रोक लगाईएको छ । बिहीवार ६ लाख भन्दा बढी विद्यार्थीले कलेज स्कोलास्टिक एबिलिटी टेस्ट (यूनिभर्सिटीको लागि प्रवेश परीक्षा) मा भाग लिएका थिए । यो परीक्षा ‘सुनयुंग’ नामले पनि चिनिने गर्छ ।
यो परीक्षा संचालन गर्ने संस्थाले परीक्षाको समय विद्यार्थीलाई कुनै पनि किसिमको समस्या नहोस् र उनीहरुको ध्यान भंग नहोस् भनी यस्तो प्रयास गरेको हो । हरेक वर्ष नोभेम्बरमा हुने ‘सुनयुंग’ मा विद्यार्थीले लगातार आठ घण्टा परीक्षा दिनुपर्ने हुन्छ ।

यस समयमा कुनै पनि पसल, बजार, बैंकहरु बन्द हुने गर्दछ । शेयर बजार पनि ढिला समय खुल्ने गर्दछ । अधिकांश निर्माण कार्य स्थगित गरिएको हुन्छ । यती मात्र हैन विमान सेवा र मिलिट्री ट्रेनिङ्गमा पनि प्रतिबन्ध गरिन्छ ।

विद्यार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न प्रहरीको सहयोग

यहाँ विद्यार्थीहरु परीक्षा केन्द्रमा समयमै पुगोस् भनि प्रहरीले पनि मद्दत गर्ने गर्छन् । सडक खाली गराउन प्रहरीको गाडी साइरन बजाउँदै अगाडि बढ्छ । यो परीक्षा यति महत्वपूर्ण छ कि विद्यार्थीहरुको अभिभावक पनि यस समय चिन्तामा पर्ने गर्छन् । यस अवधिको समयमा दक्षिण कोरियाको राष्ट्रपति मून जे–इन एएस्ईएएन समिटमा भाग लिन सिंगापुरमा थिए । उनले पनि फेसबुकमा बच्चाहरुलाई शुभकामनाको सन्देश पठाए ।

परीक्षाको लागि विद्यार्थीहरुले धेरै वर्ष तयारी गर्छन्

पहिलो पटक सुनयुंग परिक्षामा बसेकी १८ वर्षकी युन–सूहले भनिन्, ‘हाम्रो सुनौलो भविष्यको बाटो यस परीक्षाबाट खुल्छ । यस दिनको लागि हामी १२ वर्ष तयारी गर्ने गर्छौँ ।’
२० बर्षिय ली जीन–योंग तेस्रो पटक यस परीक्षामा बसे । उनले थपे, ‘परीक्षाको दिन म विहान ६ बजे उठ्ने गर्छु ताकि म मानसिक रुपमा तयार हुन सकुँ । म आफैलाई भन्छु– तिमीले मेहनत धेरै गरेको छौ, बस अब यसलाई देखाउनु छ ।’ लीका अनुसार, ‘अघिल्लो वर्ष जब म विहान ७ः३० बजे परीक्षा सेन्टर पुगे, एक समूहले गीत गाएर विद्यार्थीलाई उत्साह बढाउने प्रयास गरिरहेको थियो ।’

५ सय शिक्षकलाई ट्रेनिङ्ग दिइन्छ

यस परीक्षाको लागि हरेक वर्ष पुरै देशबाट ५ सय शिक्षक छानिन्छ । उनीहरुलाई पहाडि क्षेत्र गांगवोनमा राखिन्छ । एक महिनाको लागि उनीहरुको सेलफोन जफत गरिन्छ । बाह्य संसारबाट उनीहरुको सम्पर्क छुटाइन्छ । ट्रेनिङ्गको समय शिक्षकहरुलाई बिदा मिल्दैन । परिवारसँग पनि कुरा गर्न अनुमति हुँदैन ।

परीक्षाको एक महिनापछि नतिजा घोषणा गरिन्छ ।

Logo