काठमाडौँ

फोन कल स्थापित हुन लाग्ने समयका आधारमा मोबाइल सेवा प्रदायक कम्पनीहरु असफल भएका छन् । "/>

मोबाइल सेवा प्रदायक कम्पनीहरु समयमै कल कनेक्ट गर्न असफल

मोबाइल सेवा प्रदायक कम्पनीहरु समयमै कल कनेक्ट गर्न असफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

फोन कल स्थापित हुन लाग्ने समयका आधारमा मोबाइल सेवा प्रदायक कम्पनीहरु असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनले यस्तो देखाएको हो । प्राधिकरणले कल स्थापित हुन लाग्ने समय न्यूनतम पाँच सेकेन्ड वा सो भन्दा कम हुनुपर्ने तोकेको भए पनि सेवा प्रदायकहरु त्यसमा असफल भएका छन् ।

प्राधिकरणले ड्राइभ टेस्ट विधि मार्फत परीक्षण गरेको थियोे ।असोज ११ गतेदेखि असोज २५ गतेसम्म बिहान र साँझको नेटवर्क व्यस्त हुने समयमा काठमाडौंका ३८ स्थानमा परीक्षण गरिएको थियो । फोन कल तोकेको स्तर भन्दा अधिक भएको पाइएको प्राधिकरणले जनाएको छ । परीक्षणमा हाल सेवा उपलब्ध गराइरहेका तीन सेवा प्रदायक एनेसेल, नेपाल टेलिकम र स्मार्ट टेलिकमलाई समावेश गरिएको थियो । प्रतिवेदन अनुसार कल स्थापित हुन लाग्ने समयमा सबैभन्दा कम समय एनसेलको लाग्ने गरेको पाइएको छ ।

एनसेलको कल स्थापित हुन लाग्ने समय ८.४८ सेकेन्ड छ । यस्तै नेपाल टेलिकमको कल स्थापित हुन लाग्ने समय ११.४८ सेकेन्ड र स्मार्ट टेलिकमको कल स्थापित हुन लाग्ने समय १३.७१ सेकेन्ड छ । कल स्थापित हुने सफलता दरमा पनि तीनवटै कम्पनी असफल भएका छन् । यसका लागि न्यूनतम स्तर ९९ प्रतिशत वा सो भन्दा बढी तोकिएकामा नेपाल टेलिकमको कल स्थापित हुने सफलतादर ९८.२६ प्रतिशत छ । एनसेलको ९७.७७ प्रतिशत र स्मार्ट टेलिकमको ९७.३९ प्रतिशत छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo