मकवानपुर

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउन केवलकारको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । "/>

थाहानगरमा केवलकारको सम्भाव्यता अध्ययन शुरु

थाहानगरमा केवलकारको सम्भाव्यता अध्ययन शुरु

केन्द्रबिन्दु
0
Shares

मकवानपुर

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहानगरमा थप पर्यटक भित्र्याउन केवलकारको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । थाहानगरस्थित नारायणी अञ्चलकै सर्वोच्च महाभारत पर्वत सीमभञ्ज्याङ (२५८४ मि) बाट भिमफेदी गाउँपालिका–४, पान्द्राङ जोड्नेगरी थाहा नगरपालिकाले केवलकार सञ्चालनको सम्भाव्यता अध्ययन शुरु गरेको हो ।

मुलुकको तराइ र छिमेकी राष्ट्र भारतबाट नेपाल भित्रने पर्यटकलाई थाहा नगरसम्म ल्याउन द्रुत मार्गको रुपमा केवलकारको सम्भाव्यता अध्ययन थालिएको थाहा नगरपालिका प्रमुख लवशेर विष्टले बताए । राजधानी काठमाण्डौको पर्यटक थाहामा भित्र्याउन चित्लाङ–थानकोट सडकलाई तदारुकताका साथ अघि बढाइरहेको बेला दक्षिणी क्षेत्रबाट पर्यटकलाई भित्र्याउन केवलकार निर्माणको अध्ययन थालिएको हो ।

थाहानगरको पर्यटकीय सम्भावनालाई अवसरमा बदल्न नगरकै गौरबको योजनाको रुपमा केवलकार निर्माण परियोजनाका लागि संभाव्यता अध्ययन थालिएको प्रमुख विष्टले बताए ।

हेटौंडाबाट भैंसेदोभान हुँदै त्रिभुवन राजपथबाट दामनसम्म आइपुग्दा ३ घण्टा समय व्यतित गर्नु पर्नेमा केवलकार निर्माणपछि ७० प्रतिशत समय बचत हुने प्रारम्भिक अनुमान छ । केबलकार सम्भाव्यता अध्ययता इन्जिनियर हरिदेव तामाङले पान्द्राङबाट करिब ३ किलोमीटरको दुरीमा सिमभन्ज्याङ छिचोल्ने प्रारम्भिक अनुमान गरेका छन् । तामाङ केवलकार इन्जिनियर हुन् ।

पान्दाङ–सीमभन्ज्याङ केवलकार योजना सफल भए यसले दामनस्थित प्रशिद्ध ऋषेश्वर महादेव मन्दिरमा भक्तजनहरुको थप घुईंचो लाग्ने र समग्र दामन क्षेत्रको पर्यटन प्रवर्धनमा विशेष टेवा पुग्ने थाहा नगरपालिकाले विश्वास लिएको छ ।

Logo