काठमाडौं
मान्छेलाई खानु पर्छ , खान जति जरुरी छ त्यति नै जरुरी छ शौचालयको पनि । तर हाम्रो समाजले खानलाई जति महत्व दिन्छ , शौचालयलाई त्यति धेरै महत्व दिएको पाईंदैन । जसका कारण अहिलेको नेपाली समाज धेरै किसिमका समस्याले ग्रस्त छ ।
अझ नेपालको शहरीकरणलाई शौचालयले निकै ठूलो चुनौती थपेको छ । समय सँग सँगै हरेक क्षेत्रमा आधुनिकीकरण भित्रिएको छ । स्मार्ट सिटी , स्मार्टफोन , स्मार्ट टिभी लगायत इभिलेज लगायतका विविध विषयसँग अहिलेका मानिस परिचित छन् । तर स्मार्ट शौचालयको विषय धेरैलाई नयाँ कुरा हुन सक्छ ।
संसारका हरेक देशले व्यवस्थित शौचालयको निर्माण गरेर यसलाई नयाँ किसिमले व्यवस्थापन गरिरहेको सन्दर्भ भएपनि नेपालमा भने घर घरबाट निस्किने ढल र शौचालयलाई सिधै नदीमा मिसाउने पुरानो प्रचलन छ । यसले शहर फोहोर त भएको छ नै अव्यवस्थित र वातावरण पनि प्रदुषित बनाएको छ । यसै सन्दर्भमा नेपालमा व्यवस्थित शौचालय कसरी निर्माण गर्न सकिन्छ त भन्ने विषयमा यसै क्षेत्रमा विज्ञता हाशिल गर्नु भएका नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले आफ्नो अनुभव यसरी शेयर गर्नुभएको छ । हेरौं उहाँसँगको कुराकानी यो भिडियोमा :





























प्रतिक्रिया