काठमाडौं । नेपालको अटोमोबाइल बजारमा ईभीको माग बढिरहेका बेला हिमालय मोट्रक्स प्रालिले चिनियाँ ब्रान्ड म्याक्सस ब्रान्डका ईभी पिकअप र मल्टी पर्पज भेहिकल (एमपीभी)हरू बिक्री गर्ने भएको छ ।
उच्च प्रदर्शन र टिकाउपनका कारण म्याक्सस अन्तर्राष्ट्रिय रूपमा परिचित ब्रान्ड हो ।
पाँच जना अट्ने म्याक्सस ईटेरानो पिकअपमा हिटेड सिट जस्ता विशेषताहरू छन्, जसले लामो यात्रालाई सहज बनाउँछ। फोर ह्विल ड्राइभमा उपलब्ध यो पिकअपमा १०२ किलोवाट आवरको ब्याट्री छ, जसलाई ४२ मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। १९० किलोमिटर प्रतिघण्टाको अधिकतम गतिमा गुड्न सक्ने यो पिकअपले एक पटकको चार्जमा ५६० किलोमिटर (एनईडीसी) सम्मको रेन्ज दिने बताइएको छ। यसको अगाडिको मोटर १२५ किलोवाट र पछाडिको मोटर २०० किलोवाटको छ।
२३० एमएम ग्राउन्ड क्लियरेन्स भएको ईटेरानो पिकअपमा सुरक्षाका लागि ३६० डिग्री क्यामेरा, अगाडि र पछाडिका पार्किङ सेन्सर, एडप्टिभ क्रुज कन्ट्रोल (एसीसी), इन्टिग्रेटेड क्रुज असिस्ट (आईसीए), लेन किप असिस्ट, र इन्टेलिजेन्ट स्पिड लिमिट असिस्टेन्स जस्ता विभिन्न विशेषताहरू छन्।
त्यसैगरी, म्याक्सस मिफामा ९० किलोवाट आवरको ब्याट्री छ, जसले एक पटकको चार्जमा ६३५ किलोमिटर (डब्लुएलटीपी) सम्मको रेन्ज दिन्छ। यसको ब्याट्रीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसमा १८० किलोवाटको मोटर जडान गरिएको छ।
कम्पनीले यी दुवै गाडीमा पुरै गाडीको लागि ५ वर्ष वा १ लाख किलोमिटर र ब्याट्रीको लागि ८ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गर्ने जनाएको छ।
म्याक्सस ईटेरानो पिकअपको मूल्य ९९ लाख ९० हजार रुपैयाँ र मिफा एमपीभीको मूल्य १ करोड २४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यो मूल्य केही समयका लागि मात्र लागू हुने र पछि बढ्ने जनाएको छ।





























प्रतिक्रिया