काठमाडौं
उपप्रधानमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल आफ्नै जीवनकालमा विश्वास नभएको बताएर सरकारकै योजनाको खिल्ली उडाएका छन् । भारत र चीन दुवै देशबाट रेलमार्ग बनाउन धमाधम काम भइरहेका बेला उपप्रधानमन्त्रीले नै यस्तो बताएका हुन् ।
भारतीय पत्रिका द विकलाई दिएको अन्तर्वार्तामा यादवले भनेका छन् ‘यो सजिलो छैन । र मलाइ लाग्दैन मेरो जीवनकालमा यो देखिने छ । प्रधानमन्त्रीले केही वर्ष भित्रै रेल ल्याइने बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणमा यस सम्बन्धि सम्झौता समेत भइसकेको छ । भारतसँग त काम नै अघि बढीसकेको छ ।
तर उपप्रधानमन्त्रीले यो योजनाको खिल्ली उडाएकोमा प्रधानमन्त्री निकट व्यक्तिरु आश्चर्यमा परेका छन् । अन्तर्वार्ताको क्रममा उनले चिनियाँ वन्दरगाहा ३ हजार किलोमिटर टाढा भएको र कलकत्ता पोर्ट १ हजार किलोमिटर भन्दा कम रहेकोले यो उपयुक्त विकल्प बताएका छन् ।
भारतसँग के अपेक्षा छन् ? भन्ने प्रश्नको जवाफमा यादवले भारत विकास र समृद्धिको सहयात्री बन्नु पर्ने बताएका छन् । भारत नेपालको नजिकको छिकेकी भएको बताउँदै जीवन र भविष्य सँगसँगै भएको बताएका छन् । हाइड्रो, सिंचाइ जस्ता विषयमा सहकार्यको गति बढाउनु पर्ने उनले बताएका छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया