काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म, इनड्राइभले चालक साझेदारहरूको सशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन आयोजना गरेको ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी, माइन्ड, म्यानर’ शीर्षकमा सत्र सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक साक्षरता, मानसिक स्वास्थ्य र कल्याण, साथै शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्व जस्ता महत्वपूर्ण विषयहरु समेटिएका थिए । सत्रको मूल उद्धेश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माणमा चालक साझेदारहरुलाई आवश्यक ज्ञान सीप र मनोबल प्रदान गर्नु थियो ।
कार्यक्रममा सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षा सम्बन्धी सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन, र उत्कृष्ट ग्राहक सेवा जस्ता पक्षहरूमा सेशन दिइयो । इनड्राइभले केवल रोजगारीका अवसरहरू प्रदान गर्ने मात्र नभई, आफ्ना चालक साझेदारहरूको समग्र हित, सशक्तिकरण, र दीर्घकालीन पेशागत विकासप्रति प्रतिबद्धता जनाउँदै आएको छ । ‘द बेटर ड्राइभ इनिसिएटिभ’ यही प्रतिबद्धताको अभिव्यक्ति हो– जसले चालकहरूलाई आत्मविश्वासी, सचेत र सेवामुखी बनाउने दिशामा महत्वपूर्ण कदम चाल्दैछ ।
सेसनले विविध विषयमा गहन जानकारी प्रदान गरेका थियाे, जहाँ प्रत्येक सेसन प्रतिष्ठित विज्ञ तथा क्षेत्रका विशेषज्ञहरूद्वारा सहजीकरण गरिएको थियो । सहभागी चालक साझेदारहरूको व्यावसायिक, आर्थिक र मानसिक सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले निम्न विषयवस्तुहरू समेटिएका थिए ।
● सडक सुरक्षा र ट्राफिक नियमहरू – ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित यो सेसनले चालकहरूलाई सडकमा सुरक्षित रहनुपर्ने अनिवार्यता र नियमहरूको पालना गर्नुपर्ने महत्वलाई सशक्त रूपमा प्रस्तुत गर्यो ।
● वित्तीय साक्षरता – आइएमई पे का चिफ ग्रोथ अफिसर संजीव न्यौपानेको नेतृत्वमा संचालन गरिएको यस सेसनमा चालक साझेदारहरूलाई दिगो आर्थिक व्यवस्थापन, बचत, लगानी तथा डिजिटल वित्तीय उपकरणहरूको उपयोगबारे व्यवहारिक ज्ञान प्रदान गरियो ।
● मानसिक स्वास्थ्य जागरूकता – ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरीद्वारा सञ्चालित सेसनमा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन तथा सकारात्मक सोचले व्यक्तिगत र व्यावसायिक जीवनमा पार्ने प्रभावबारे गहन छलफल गरियो ।
● ग्राहक अनुभव वृद्धिका लागि आतिथ्यता सेवा – मोटिभेसनल स्पीकर श्री रञ्जित आचार्यले सहजीकरण गर्नुभएको यस सत्रमा, ग्राहकहरूप्रति सम्मान, आत्मीयता र सहृदय व्यवहारले सेवा अनुभवमा कसरी सकारात्मक प्रभाव पार्छ भन्नेबारे प्रेरणादायी उदाहरणसहित प्रशिक्षण दिइयो ।
● उचित मूल्य निर्धारण र सामुदायिक प्रतिबद्धता – इनड्राइभले आगामी दिनमा लागू गर्न लागेको समुदाय –केन्द्रित पहलहरू, चालकहितमैत्री मूल्य निर्धारण प्रणाली तथा सेवा सुधार योजनाको बारेमा विस्तृत जानकारी प्रदान गरियो ।
समग्रमा, कार्यक्रममा समावेश विषयवस्तुले चालक साझेदारहरूको बहुआयामिक विकासमा टेवा पुर्याउने गरी ज्ञान, सीप र मनोबल अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।
इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘इनड्राइभमा हामी यो दृढ विश्वास गर्छौ कि हाम्रो चालक साझेदारहरूको सशक्तीकरण केवल प्रविधिको माध्यममा सीमित छैन, यो मानव कल्याण, सुरक्षाको प्रत्याभूति, आर्थिक सुदृढता, मानसिक स्वास्थ्यको संरक्षण, र उत्कृष्ट सेवा मापदण्डहरूको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको छ । ‘द बेटर ड्राइभः इनिसिएटिभ – मनि, माइण्ड, म्यानर’ कार्यक्रममार्फत हामी एकजुट, सुरक्षित, र समर्पित राइड–हेलिङ्ग समुदायको निर्माणमा योगदान पुर्याउन चाहन्छौं । यस्ता पहलहरूले हामीलाई नेपालमा उत्तरदायी, दिगो र समावेशी मोबिलिटी इकोसिस्टमको आधार निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ ।’
यस किसिमका गतिविधिहरू केवल सम्मानको अभिव्यक्ति मात्र होइनन्, यी कार्यक्रमहरू इनड्राइभको व्यापक दृष्टिकोणको प्रतिबिम्ब पनि हुन्, जहाँ प्रत्येक चालकलाई सशक्त पार्ने, प्रशिक्षण प्रदान गर्ने, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने र उनीहरूलाई सुरक्षित भविष्यतर्फ डोर्याउने रणनीतिक दृष्टिकोणमा आधारित रहेको कम्पनीको भनाइ छ ।





























प्रतिक्रिया