देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। "/>

पीपीएलको उपाधिदेखि शेयर बजारमा छलाङ्सम्म

पीपीएलको उपाधिदेखि शेयर बजारमा छलाङ्सम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ। यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

पीपीएलको उपाधि पोखरा पल्टनको पोल्टामा

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेको छ। टस हारेर ब्याटिङ्गको निम्तो पाएको चितवनले पोखरा पल्टनलाई १६१ रनको चुनौती दिएको थियो। लक्ष्य पछ्याउने क्रममा पोखराले १९.२ ओभरमा ४ बल बाँकी रहँदै ३ विकेटले जित हात पारेको हो। 

पीपीएलका उत्कृष्ट खेलाडी सनी पटेल, उत्कृष्ट बलर करण केसी

 

मुख्यमन्त्री पौडेलमाथि केशव स्थापितको गम्भीर आरोप

प्रदेश ३ का निबर्तमान पूर्वाधारमन्त्री केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलमाथि गम्भीर आरोप लगाएका छन्। बर्खास्तीमा परेका स्थापितले मुख्यमन्त्री पौडेलको सीआईएसँग साँठगाँठ रहेको गम्भीर आरोप लगाएका हुन् ।

नेपाली शेयर बजारमा छलाङ्, शुभारम्भकै दिन नेप्सेको साइट ह्याङ्

नेपाल स्टक एक्चेन्ज (नेप्से)ले बहुप्रतिक्षित अनलाइन कारोबार प्रणालीको आज औपचारिक शुभारम्भ भएको छ । यस प्रणालीको अर्थमन्त्री डा युबराज खतिवडाले उद्घाटन गरेका हुन् । अनलाइन ट्रेडिङको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले संस्थागत लगानीकर्तालाई समेत धितोपत्र बजारमा प्रवेश गराउने प्रयासमा सरकार लागि परेको बताए । बजारको विविधिकरणका लागि कमोडिटी मार्केट, म्युचअल फण्डको विस्तारलाई समेत जोड दिइएको स्पष्ट पार्दै डा खतिवडाले भौतिक पूर्वाधारको विकासका लागिसमेत जोड दिइएको उल्लेख गरे । कार्यक्रममा नेप्सेका सीईओ चन्द्र सिह साउदले शेयर कारोवारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको बताए। 

 

प्रधानमन्त्री कहिलेदेखि जान्छन् सार्वजनिक कार्यक्रममा ?

 

कांग्रेसको महासमिति बैठक फेरि सर्ने

‘न्हूदँ’का सम्पूर्ण कार्यक्रम स्थगित

‘प्रेमलीला’ को फरक प्रचार शैली ‘तक्लु ब्युटी कन्टेस्ट’

गोरस: क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि

अन्तरिक्षका सबैभन्दा सुन्दर तस्वीरहरु जुन देखेर तपाई दङ्ग पर्नु हुन्छ

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo