काठमाडौं
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल घना जंगलमा हेलिकोप्टरबाट अनुगमन गरेको छ । नागरिक उड्डयन प्राधिकरणले व्यवस्थापन गरेको एमआई १७ हेलिकोप्टरबाट संसदीय उपसमितिका संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, वनमन्त्री शक्ति बस्नेत, सांसदहरू दिव्यमणि राजभण्डारी, निर्जला राउत, वन, पर्यटन मन्त्रालयका कर्मचारी गरी २० जनाले विमानस्थल बन्ने चर्चामा रहेको क्षेत्र तथा कटान हुने वनक्षेत्र अवलोकन गरेका हुन् ।
उपसमितिमा रहेका सांसद चाँदतारा कुमारी र दीपकप्रकाश भट्ट भने अनुगमनमा सहभागी भएनन् । निजगढ ओर्लिएर स्थानीय तथा बुद्धिजीवीसँग छलफल गर्ने कार्यक्रम तय भए पनि हेलिकोप्टरबाट दुई घन्टा घुम्ने काम मात्रै भएको कांग्रेस सांसद राजभण्डारीले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकोप्टर निजगढ तथा फँडानी गर्नुपर्ने सारनाथको घना जंगल, हरिवन तथा सर्लाही सम्मको भाग वरिपरि घुमेर पुनः काठमाडौं फर्किएको थियो । टोलीमा पर्यटन र वन मन्त्रालयका कर्मचारी, उड्डयन प्राधिकरणका कर्मचारी, संसद् सचिवालयका कर्मचारी गरी २० जनाले अनुगमन गरेको समितिका सचिव सुरजकुमार दुराले बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया