बुटवल । धर्म परिवर्तन गर्ने उद्देश्यले ईसाई धर्म प्रचार गर्दै हिडेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिन्दु धर्म नराम्रो भन्दै इसाई धर्मको प्रचार गर्दै हिडेका दुई जापानी महिलासहित चार महिला बुटवलबाट पक्राउ परेका हुन् । "/>

हिन्दु धर्मलाई गाली गर्दै ईसाईको प्रचार गर्ने ४ महिला पक्राउ

हिन्दु धर्मलाई गाली गर्दै ईसाईको प्रचार गर्ने ४ महिला पक्राउ

केन्द्रबिन्दु
0
Shares

बुटवल । धर्म परिवर्तन गर्ने उद्देश्यले ईसाई धर्म प्रचार गर्दै हिडेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिन्दु धर्म नराम्रो भन्दै इसाई धर्मको प्रचार गर्दै हिडेका दुई जापानी महिलासहित चार महिला बुटवलबाट पक्राउ परेका हुन् । बुटवल–१४ पदमपुर क्षेत्रको सुकुम्बासी बस्तीमा बाइबल ग्रन्थ र प्रचारक पुस्तक बोकेर उनीहरु धर्म प्रचारमा हिँडेका थिए ।

हिन्दु धर्मको कडा आलोचना गर्दै भ्रम छरेको भेटिएपछि स्थानीयबासीले ती महिलालाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् । स्थानीय पूर्ण पौडेलको टोलीले उनीहरुलाई नियन्त्रण लिएर वडा प्रहरी कार्यालयमा बुझाएको हो ।

पक्राउ पर्नेमा जापानिज दुई महिला ४९ वर्षीया यासुको ओबा, ४५ वर्षीया मारी क्युरा रहेका छन् । त्यस्तै गोरखा घर भर्इ बुटवल बस्ने तीर्थमाया घले र तिलोत्तमाकी पुष्पा घिमिरे रहेका छन् ।

बुटवलका सुकुम्बासी इसाई धर्म प्रचारका लागि ठूलो टोली नै खटिएको स्थानीयको आरोप छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल्लीबहादुर मल्लले जानकारी दिए ।

उनीहरुले राहदानीसमेत साथमा नराखी धर्म प्रचारमा लागेको बताइएको छ । बुटवलको सुकुम्बासी बस्तीहरुमा पछिल्लो समय धर्म प्रचारका गतिबिधि बढेका छ ।

Logo