काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । बुधबार सुन १ हजारले घटेर ९१ हजार ५ सयमा कारोबार भएको थियो । आज पनि त्यहि मूल्यमा कारोबार भएको हो ।
यो साताको पहिलो दिन आइतबार सुन ३०० रुपैयाँले बढेको थियो । आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएकोमा सोमबार स्थिर हुँदै सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार भने १ हजार ८ सयले घटेको थियो । बुधबार पनि १ हजारले घटेर सुन ९१ हजार ५ सयमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी आज प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





























प्रतिक्रिया