भारत-पाकिस्तानबीचको लडाईं नेपालको अनुरोधमा रोकिएको प्रधानमन्त्री ओलीकाे दाबी

भारत-पाकिस्तानबीचको लडाईं नेपालको अनुरोधमा रोकिएको प्रधानमन्त्री ओलीकाे दाबी

केन्द्रबिन्दु
132
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी दुई मुलुक भारत–पाकिस्तानबीचको लडाईं नेपालको अनुरोधमा रोकिएको दाबी गरेका छन् ।

२५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार मध्याह्न लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘झण्डै झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौं, उहाँहरुसँग पनि कुरा गर्‍यौं । नभन्दै उहाँहरुले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

बुद्ध शिक्षालाई आत्मसात गरेरै अन्तर्राष्ट्रियस्तरमा बढिरहेको द्वन्द्व अन्त्यका लागि नेपालले अनुरोध गरिरहेको उनको भनाइ छ ।

Logo