काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शान्तिबिना विकास सम्भव नहुने बताएका छन्।
गौतम बुद्धको २५६९औँ जन्मजयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले सोमबार बौद्धमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले बुद्धको शान्ति सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन् ।
उनले बुद्धको शान्ति सन्देशका माध्यमबाट नै मुलुकमा स्थिरता कायम हुने विश्वास व्यक्त गरे। ‘तृष्णालाई त्यागेपछि दुःखबाट छुट्कारा मिल्छ भन्ने बुद्धको मुख्य सन्देश अहिलेका मानिसलाई उत्तिकै लाभदायक छ,’ उनले भने। वैशाख शुक्ल पूर्णिमालाई बुद्धको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाणको त्रिसंयोग दिवसका रूपमा मनाइने गरिएको उनले स्मरण पनि गराए।





























प्रतिक्रिया