सभामुखको कार्यकक्षमा कानूनमन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतकको बैठक जारी

सभामुखको कार्यकक्षमा कानूनमन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतकको बैठक जारी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको सभामुखको कार्यकक्षमा बैठक बसिरहेको हो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख दलका प्रमुख सचेतक सहभागी रहेका छन् ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गर्ने कार्यसूची रहेको छ । सरकारले विनियोजन विधेयक र प्राथमिकतामाथि छलफलका क्रममा प्राप्त सुझाव, विचारलाई आधारका रूपमा लिई आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नेछ ।

यसअघि यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट आइतबार बहुमतले पारित भएको थियो ।

Skip This
Skip This
Logo