एजेन्सी । आप्रवासी रोक्न अमेरिकाले थप ५ हजार २ सय सेना मेक्सिकोको सिमानामा खटाउने भएको छ । मध्य अमेरिकी देशका आप्रवासीहरु मेक्सिको हुँदै उत्तरतर्फ अघि बढिरहँदा पेन्टागनले तिनलाई रोक्न ठूलो संख्यामा सेना पठाउने तयारी गरेको हो । "/>

अमेरिकाले थप ५२ सय सेना मेक्सिकोको सिमानामा पठाउने

अमेरिकाले थप ५२ सय सेना मेक्सिकोको सिमानामा पठाउने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । आप्रवासी रोक्न अमेरिकाले थप ५ हजार २ सय सेना मेक्सिकोको सिमानामा खटाउने भएको छ । मध्य अमेरिकी देशका आप्रवासीहरु मेक्सिको हुँदै उत्तरतर्फ अघि बढिरहँदा पेन्टागनले तिनलाई रोक्न ठूलो संख्यामा सेना पठाउने तयारी गरेको हो ।

त्यहाँ यसअघि नै २ हजार १ सय राष्ट्रिय सुरक्षाका सदस्य परिचालित थिए । ट्रम्पको आग्रहपछि गत अप्रिलमा ती सदस्यलाई बोर्डरमा परिचालन गरिएको थियो । आप्रवासीले आक्रमण गरे अमेरिकी सेनाले त्यसको प्रतिवाद गर्दै आएका थिए ।

जनरल टेरेन्स ओसोनुसीले ‘अपरेशन फेथफलु प्याट्रियोट’ नाम दिइएको अपरशेन टेक्सास, एरिजोना र क्यालिफोर्नियामा केन्द्रित हुने बताएका छन् । जनरले आसोनुसीका अनुसार थप ५२ सय सैनिक यसै हप्ता परिचालन हुनेछन् । ती सेनाहरु हवाईजहाज, हेलिकप्टर र अस्त्र लिएर त्यहाँ उत्रने छन् ।

Logo