जनकपुर जयनगर रेलको निर्माण सम्पन्न भए संगै स्थानीय बजार सस्तो हुने भएको छ ।

नेपालको जनकपुर देखि भारतको जयनगरसम्म चल्ने नयाँ रेल्वे सेवा सुरु भए संगै माल सामान ढुवानीको लागत घट्न जाने हुदा बजार सस्तो हुने भएको हो । "/>

जनकपुरमा धुलो उडाउँदै आयो रेल (भिडियोसहित)

जनकपुरमा धुलो उडाउँदै आयो रेल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

जनकपुर जयनगर रेलको निर्माण सम्पन्न भए संगै स्थानीय बजार सस्तो हुने भएको छ ।

नेपालको जनकपुर देखि भारतको जयनगरसम्म चल्ने नयाँ रेल्वे सेवा सुरु भए संगै माल सामान ढुवानीको लागत घट्न जाने हुदा बजार सस्तो हुने भएको हो । भारत सरकारको अनुदान सहयोगमा नेपालको ५ वटा नाकाहरुमा रेल्वेको अन्तरदेशीय लाइन निर्माण भईरहेका छन् ।

पहिलो चरणमा जोगबनी बिराटनगर र जनकपुर बर्दिबासको निर्माणको काम भैरहेको छ । भारत सरकारको ५ सय करोड बढीको अनुदान सहयोगमा जयनगर–जनकपुर–बर्दिबास रेल्वे ट्रयाक निर्माणको काम भईरहेको छ ।

आगामी डिसेम्बर सम्ममा निर्माण सम्पन्न हुन लागेको यो आयोजनामा नेपाली निर्माण कम्पनीहरुले पनि काम गरिरहेका छन् । रेल्वे विभागका प्रवक्ता अमन चित्रकारले जनकपुर जयनगर रेल निर्माण भई संचालन हुदा नेपाललाई महँगी नियन्त्रण संगै, निर्माण प्रविधि र शीप हासिल हुने बताए । साथै यसले नेपाली यातायात तथा पारवहनमा ठुलो परिवर्तन ल्याउने विश्वास पनि उनले व्यक्त गरे ।

Logo