महोत्तरी
आठ महिने शिशुको पनि कसैले बलात्कार पश्चात हत्या गर्छन् भनेर कल्पना समेत गर्न सकिँदैन । तर कल्पना भन्दा पनि पर रहेको घटना महोत्तरीमा भएको पुष्टि भएको छ । महोत्तरीमा एक महिना २२ दिन अघि आमाको काखैबाट खेलाउने बाहानामा अपहरण पश्चात बलात्कार गरी शिशुको हत्या गरिएको रहस्य सो घटनामा संलग्न भएको अपराधी पक्राउ परेपछि खुलेको हो ।
गएको भदौं १० गतेका दिन साँझ साढे ६ बजेको समयमा औरही नगरपालिका १ घर भएका सन्तोष चौधरीको ८ महिने छोरी सोनाली चौधरीलाई उनकै औरही बजारस्थित पसलबाट आमा ईन्द्रेस चौधरीकै काखबाटै खेलाउने वाहानामा अपहरण गरि लगेको र अपहरण गरेको दुई घण्टा नवित्दै ती शिशुको वलात्कार पछि निर्ममतापुर्वक हत्या भएको थियो ।
घटनामा संलग्न भंगहा सितापुर ६ हतिसर्वाका २५ वर्षीय युवक भरत साहलाई सुनसरी भण्टावारी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अवधलाल साह सोनारले नेतृत्व गरेको टोलीले पक्राउ गरेर उनको तस्बिर महोत्तरी प्रहरीको मुद्दा शाखामा पठाएपछि शिशु सोनाली चौधरीको अपहरण, बलात्कार र हत्या घटनामा संलग्न उनी नै रहेको पुष्टि भएको थियो ।
सप्तरीबाट सुतसरीतर्फ आउँदै गरेका युवक साहलाई प्रहरीले कोसी गाउँपालिका ८ बाट मदिराले मातिएको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको थियो । उनको साथबाट भोडाफोन, आइडियो र एयरटेलको तीन वटा भारतीय सीम बरामद भएको थियो । सोधपुछका क्रममा शुरुमा ती युवकले आफनो नाम प्रमोद साह र घर धनुषाको सितापुर रहेको बताउँदै प्रहरीलाई ढाँटन खोजेका थिए ।
भण्टावारीमा पक्राउ परेका युवक साहलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई घटना भएकै वेला उनका आफन्तले महोत्तरी प्रहरीमा दिएको जाहेरी अनुसार अपहरण तथा शरीर बन्धक, जवरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरि थप अनुसन्धान भई रहेको महोत्तरीका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।
भदौ १० गते साँझ अपहरणमा परेकी ८ महिने शिशुको शव भदौ ११ गते अपराह्न भंगहा नगरपालिका स्थित मेघनाथ गोरहन्ना अन्तर्गत पर्ने अँकुसी नदी भन्दा पश्चिममा रहेको फेकु चौधरीको फुलवारीमा आँपको रुखको जडा मुनि नग्न अवस्थामा विभत्स तरिकाले हत्या गरि फालिएको अवस्थामा फेला परेको थियो । शिशुको हत्या अघि बलात्कार भएको मेडिकल रिपोर्टले समेत पुष्टि भइ सकेको महोत्तरी प्रहरीको मुद्दा शाखाले जनाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया