काठमाडौं । विश्वकप छनोटको महत्त्वपूर्ण खेलमा नर्वेले इटालीलाई पराजित गरेकाे छ । गएराति भएकाे खेलमा नर्वेले इटालीलाई ३-० गोलले स्तब्ध पारेको हाे।
समूह ‘आई’ अन्तर्गतको यो खेलमा नर्वेले प्रभावशाली प्रदर्शन गर्दै समूह चरणको दश खेलमध्ये आफ्नो तेस्रो खेलमा तीन अंक जोडेको हो । खेलको सुरुदेखि नै नर्वेले आक्रामक रणनीति अपनाएको थियो । खेलको १४औँ मिनेटमा अलेक्जेन्डर सोर्लोथले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसपछि, ३४औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेको अग्रता दोब्बर पारे ।
पहिलो हाफ सकिनुअघि नै स्टार स्ट्राइकर एर्लिङ हाल्यान्डले ४२औँ मिनेटमा तेस्रो गोल गर्दै नर्वेकाे सुनिश्चित गरे ।





























प्रतिक्रिया