एमालेनिकट अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट, अध्यक्षमा चार जनाको दावी

एमालेनिकट अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट, अध्यक्षमा चार जनाको दावी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौमा शुुरू हुँदैछ ।

जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले त्रिवि स्मृति हल कीर्तिपुर उद्घाटन गर्ने अनेरास्ववियुका अध्यक्ष समिकुमार बडालले जानकारी दिए ।

देशभरबाट महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुनेछन । महाधिवेशनले २ वर्षे कार्यकालका लागी अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

उमेरहद भने पहिलोपटक लागेकाले वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा ३२ बर्ष उमेर रहेका सचिवहरू प्रकाश पौडेल, अञ्जना शिवाकोटी, दीपक धामी, डा. सुजन कडरिया ३२ वर्षमुनिका भएकाले उनी हरुमध्येबाट एकजना अध्यक्ष हुने छन् ।

Logo