काठमाडाैं । इटालीले विश्वकप छनोट समूह ‘आई’ को खेलमा मोल्डोभामाथि २-० को महत्वपूर्ण जित दर्ता गरेको छ ।
मापेई स्टेडियम सिटा डेल ट्रिकोलरमा भएको खेलमा इटालीले पहिलो हाफको अन्त्यतिर जियाकोमो रास्पाडोरेले ४० औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। दोस्रो हाफको सुरुमै एन्ड्रिया क्याम्बियासोले ५० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे र सहज जित सुनिश्चित गरे।
यो जित इटालीले आफ्नो विश्वकप छनोट अभियानको सुरुवातमा नर्वेसँगको पहिलो खेलमा ३-० को निराशाजनक हारपछि आएको हो। यो जितसँगै इटालीले महत्वपूर्ण तीन अंक प्राप्त गरेको छ ।





























प्रतिक्रिया