अवसर दिएको भए इजरायलले इरानका खामेनीलाई जिउँदाे छाड्ने थिएन -इजरायली रक्षामन्त्री

अवसर दिएको भए इजरायलले इरानका खामेनीलाई जिउँदाे छाड्ने थिएन -इजरायली रक्षामन्त्री

केन्द्रबिन्दु
81
Shares

जेरुसेलम । इजरायलका रक्षामन्त्री इजरायल काट्जले दुई मुलुकबीचको युद्धको समयमा अवसर मिलेको भए इजरायलले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई मारेको हुन्थ्यो भनेका छन् ।

“यदि उहाँ हाम्रो निशानामा हुनुहुन्थ्यो भने, हामीले उहाँलाई मारेका हुन्थ्यौँ”, सेनाले ‘धेरै खोजी गरेको’ उल्लेख गर्दै काट्जले बिहीबार साँझ इजरायलको सार्वजनिक रेडियो स्टेसन कानलाई भने, “खामेनीले यो बुझ्नुभयो, धेरै गहिरो भूमिगतमा जानुभयो, कमान्डरहरूसँगको सम्पर्क तोड्नुभयो । त्यसैले अन्त्यमा यो यथार्थवादी थिएन ।”

उनले बिहीबार इजरायली टेलिभिजन च्यानल १३ लाई युद्धविराम अघि र युद्धविराम पछि फरक हुने भन्दै इजरायलले आफ्ना हत्या प्रयासहरू रोक्ने बताए ।

वासिङ्टनले उनको हत्या गर्ने इजरायली योजनालाई भिटो गरेको रिपोर्ट आएको केही दिनपछि काट्जले युद्धको समयमा खामेनीलाई ‘अब अस्तित्वमा रहन दिन सकिँदैन’ भनेका थिए । तर काट्जले खामेनीलाई बङ्करभित्र बस्न सल्लाह दिए । “उहाँले लामो समयसम्म बङ्करको गहिराइमा बसेका स्वर्गीय नसरल्लाहबाट सिक्नुपर्छ”, लेबनानी लडाकु समूह हिजबुल्लाहका पूर्व नेता हसन नसरल्लाहलाई उल्लेख गर्दै उनले भने । नसरल्लाहलाई इजरायलले सन् २०२४ सेप्टेम्बरमा बेरुतको हवाई आक्रमणमा मारेको थियो ।

सत्तामा आएदेखि इरान नछाडेका सर्वोच्च नेताका गतिविधिहरू कडा सुरक्षा र गोप्यताको अधीनमा छन् ।

Skip This
Skip This
Logo