जोटाको निधन भएपनि लिभरपुलले दुई वर्षसम्म करारको रकम भुक्तानी गर्ने

जोटाको निधन भएपनि लिभरपुलले दुई वर्षसम्म करारको रकम भुक्तानी गर्ने

केन्द्रबिन्दु
447
Shares

काठमाडौं । आफ्ना फुटबलर डिएगो जोटाको निधन भएपनि लिभरपुलले उनको परिवारलाई बाँकी करारको रकम भुक्तानी गर्ने भएको छ ।

सन् २०२२ मा लिभरपुलसँग पाँच वर्षको करार थपेका जोटाले प्रति हप्ता १४० हजार युराे कमाउने बताइएको थियो, जुन वार्षिक रूपमा लगभग ७.२ मिलियन युराे हुन आउँछ। क्लबले जोटाको परिवारलाई करिब १४.५ मिलियन युराे भुक्तानी गर्नेछ, जुन उनको करारको बाँकी दुई वर्षको रकम हो।

जोटा र उनका भाइ आन्द्रेको बिहीबार बिहान स्पेनमा भएको कार दुर्घटनामा निधन भएको हो। जोटाको निधन उनको बाल्यकालकी प्रेमिका रुटे कार्डोसोसँगको विवाहको दुई हप्तापछि भएको हो। उनीहरूका तीन सन्तान छन्।

पोर्चुगिजस्टार जोटा सन् २०२० मा वोल्भ्सबाट लिभरपुलमा अनुबन्धित भएका थिए र १८२ खेल खेल्दै ६५ गोल गरेका थिए भने २६ असिस्ट प्रदान गरेका थिए। जोटाले लिभरपुलसँग गत सिजन प्रिमियर लिगको उपाधि जितेका थिए र यसअघि एफए कप र दुई लिग कप पनि जितेका थिए।

Logo