भोजपुर घटना: हत्या गरिएका चारै जनाको शव पोस्टमर्टमका लागि धरान पठाइयो

भोजपुर घटना: हत्या गरिएका चारै जनाको शव पोस्टमर्टमका लागि धरान पठाइयो

केन्द्रबिन्दु
147
Shares

भोजपुर । भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको पोस्टमर्टमका लागि धरान पठाइएको छ।

जिल्ला अस्पतालमा फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि शव पोस्टमर्टमका लागि सोमबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो।

भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए।

अभियुक्त पनि घाइते रहेकाले उनको पनि धरानमा उपचार भइरहेको छ।

मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।

Logo