काठमाडौं । गायक दुर्गेश थापाले सिसन बानियाँसँग सहकार्य गरेको गीत ‘जाने भए जाम माया’ सार्वजनिक भएको छ । गीतले छोटोसमयमै निकै चर्चा पाएको छ ।
सार्वजनिक भएको १५ घण्टामै गीत युट्युबको ट्रेण्डिङमा उक्लिएको छ भने १३ लाख बढीले हेरिसकेका छन् । दुर्गेशको शब्द संगीत रहेको यो गीतको भिडियोमा उनी स्वयं, सिसन र अल्हाजी जेरोको स्वर रहेको छ ।
८ मिनेट लामो यो गीतको भिडियोमा गुराँस नानीको अभिनय छ । गीतको भिडियोमा खेतका आलीदेखि डिस्कोका दृश्य समेटिएका छन् । दुर्गेश, सिसन र गुँरास नानीबीचको यो सहकार्यलाई लिएर केही दिनदेखि नै सामाजिक सञ्जालमा चर्चा भइरहेको थियो। जुन अहिले भिडियो सार्वजनिक भएपछि पनि देखिएको छ ।
हरि हुमागाईंले खिचेको यो गीतलाई शिव विकले निर्देशन गरेका हुन् भने मिलन विश्वकर्माको रंग संयोजन र सम्पादन रहेको छ ।





























प्रतिक्रिया