गाईघाट


जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी ( बिप्लव ) का नेता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ । "/>

विश्वकर्मालाई सर्वोच्चमा उपस्थित गराउने तयारी

विश्वकर्मालाई सर्वोच्चमा उपस्थित गराउने तयारी

केन्द्रबिन्दु
0
Shares

गाईघाट

जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी ( बिप्लव ) का नेता खड्गबहादुर विश्वकर्मालाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

सर्वोच्च अदालतबाट विश्वकर्मालाई उपस्थित गराउन आदेशपत्र आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालय मार्फत उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । सर्वोच्चको आदेशानुसार विश्वकर्मालाई राजधानी लाने तयारी गरिएको पनि उहाँले बताउनुभयो ।

एक हप्ता अगाडि काठमाडौंबाट विश्वकर्मालाई उदयपुर ल्याएका थिए । जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
रासस

Logo