यो वर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र दशैंको सुरुको दिन अर्थात असोज २४ घटस्थापनाबाट प्रर्दशनमा आउने भएको छ ।
दिपा श्री निरौलाको निर्देशन रहेको यस चलचित्रमा विपिन मल्लको सम्पादन रहेको छ । यस चलचित्रमा दिपकराज गिरी, दिपिका प्रसाइ, प्रिय्रका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, बुद्धि तामाङ, शिव हरि पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
छक्का पञ्जा ३ ले पनि कमेडी प्याट्रनलाई निरन्तरता दिएको छ । छक्का पञ्जा ३ सँग जुध्ने भनेर प्रचार गरिएको चलचित्र ‘जय भोले’ भने फूलपातीबाट प्रर्दशनमा आउने भएको छ ।































प्रतिक्रिया