दाङ । एक १३ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई आफ्नै बाबुबाट पटक पटक बलात्कृत हुदै आएकी हुन् । पछिल्लो समय बलात्कारकै कारण योनीमा घाउ आएपछि उपचारका क्रममा बाबुबाट बालिका बलात्कृत भएको खुलेको हो ।
छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।
बालिकाको जिल्ला बाहिर उपचार भइरहेको र रिपोर्टमा समेत बलात्कार भएको पुष्टि भएपछि बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकोे प्रमुख सापकोटाले जानकारी दिए ।





























प्रतिक्रिया