झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको माल्दिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनको गत भदौ २५ गते मृत्यु भएको उनका बुबा नकुल राजवंशीले जानकारी दिए ।
सङ्गीताको शव आज बिहान घर ल्याइपु¥याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतकका मामा राजकुमार राजवंशीले बताए ।माल्दिभ्सबाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि माल्दिभ्समा गएकी थिइन् । रासस































प्रतिक्रिया